काठमाडौं उपत्यकामा आज ८ सय ६० संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ५९७ जना, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना रहेका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
नेपालमा आज ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ९० हजार ६४२ जना र एन्टीजेन परीक्षणबाट ५९ हजार ३८० जना पुगेको छ।
आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।
आज १४ हजार २४२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ८४ हजार ४१९ जनाको पिसिआर र ३ लाख ९ हजार २३३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

