काठमाडौं : मन्त्रालय भागबण्डाको टुङ्गो लगाउने उदेश्यका साथ सत्तारूढ गठबन्धनको बैठक आज बालुवाटारमा बस्दै छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने विषयमा गठबन्धनका शीर्ष नेताहरूले बुधबार पनि छलफल गरेका थिए ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ ।
नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने भन्नेमा दुई धारमा विभिाजत छन् । जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ ।

