भक्तपुर : एमाले जिल्ला कमिटी भक्तपुरले आगामी शनिबार अन्य पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने भएको छ । बुधबार जिल्ला कमिटीको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघ नेपालमा,सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नाराका साथ शनिबार दिउँसो २ बजे नीलबाराही पार्टी प्यालेसमा उक्त कार्यक्रम हुने जानकारी दिइएको छ ।

एमाले नेता महेश बस्नेतको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम हुने बताइएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *