काठमाडाैं, साउन १३ गते । सरकारमा सहभागी दलका नेता तथा प्रतितिधिहरूकाे बैठक बालुवाटारमा शुरू भएकाे छ । साे  बैठकमा नेपाली काङ्ग्रेसका सभापति तथा  प्रधानमन्त्री शेरबहादुर देउवा,  वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला रहनु भएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रबक्ता नारायण काजी श्रेष्ठ ,जनता समाजवादी पार्टीका तर्फ बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोककुमार राई सहभागी हुनुहुन्छ । यसैगरी  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,उपाध्यक्ष दुर्गा पौडेल,  एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेको जनाइएकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *