काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारूढ गठबन्धनको बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको उनले बताए । माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्री टुङ्गो लगाउन बैठक बोलाइएको थियो ।

आज बिहानको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आजै बस्ने तयारी भएको समेत बताइएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *