काठमाडौं :नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्ना पक्षका २२ जना सांसदलाई छलफलका लागि बोलाएका छन् ।

आज दिउँसो १ बजे शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूलाई छलफलका लागि बोलाइएको नेपाल समूहका सांसद मेटमणि चौधरीले जानकारी दिए ।
‘सरकारमा सहभागिताका विषयमा सांसदहरूसँग छलफल गर्न माधव नेपालले बोलाउनु भएको हो । स्थायी समितिले गरेको निर्णयको बारेमा पनि कुराकानी हुन्छ,’ उनले भने ।
गठबन्धनको आजको बैठकले दुई दिनभित्रमा मन्त्रिपरिषद् विस्तार गरिसक्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा नेपाल आफू उपस्थित नभए पनि डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिका रूपमा पठाएका थिए ।

