काठमाडौँ : जसपाको आधिकारिकता विवादमा सनाखत गर्न सोमबार निर्वाचन आयोग पुगेका जसपा कार्यकारिणी समिति सदस्य नेता रेशम चौधरीले पार्टी विवादमा आफू तटस्थ बसेको बताए ।

निर्वाचन आयोगले सनाखतका लागि ५१ जना नै कार्यकारिणी सदस्यलाई बोलाएपछि चौधरी पनि डिल्लीबजार कारागारबाट आयोग पुगेका थिए ।
चौधरीले आफू कुनै पक्षमा नभएर जसपाको पक्षमा रहेको बताए । उनले भने, “म पार्टीको एउटा सिपाही हो। कसैले बाजी मार्ला कसैले बाजी पराजय भोग्ला। म जसपाको एक कार्यकर्ता हुँ। पक्ष र विपक्षमा सनाखत गर्न मलाई नैतिकताले दिएन” चौधरीले ।
कैलालीको टीकापुर घटनामा अदालतले मुख्य दोषी ठहर गरेपछि चौधरी डिल्लीबजार कारागारमा छन् ।

