काठमाण्डाै : नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी छ। बैठकमा महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा बिहान राजनीतिक भेटघाटमा व्यस्त हुँदा ९ बजे बस्ने भनिएको बैठक लगभग दुई घण्टा ढिलो गरी बसेको हो ।

भइरहेको बैठकमा १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । यस्तै, बैठकमा आज क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन पनि बुझाउँदै छ ।

रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै पाँच महिना लगाएर प्रतिवेदन तयार पारेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *