काबुल : अफगानिस्तानमा नयाँ क्षेत्रहरू कब्जा गरेपछि तालिबानहरूले अफगानिस्तानमा दमनकारी कानुन र प्रतिगामी नीतिहरू लागू गरिरहेको छ। उनीहरूले सन् १९९६ देखि सन् २००१ सम्मको नियमलाई फेरि लागू गर्न लागेका हुन्।

तालिबानी समूहले अफगान महिलाहरूका लागि सरिया कानुन लागू गर्न सुरु गरेको हो। गन्धारामा एक लेख लेख्दै फरुड बेजान र मुस्तफा सरवरले तालिबानीले कब्जा गरेका इलाकामा बसोबास गरिरहेका दसौँ हजार अफगानी महिलाहरूका लागि दमनकारी उपायहरूको पुनः लागू गर्नु नयाँ कठोर वास्तविकता भएको बताएका छन्।

बालिकाको शिक्षा सीमित भएको र महिलाहरूलाई घर छोडेर हिँड्दा पुरुष आफन्तको साथ आउनुपर्ने अवस्था भएको,उक्त लेखमा उल्लेख गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *