काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले नेपाल केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ ।

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चुन्नका लागि तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।
निर्वाचन समिति संयोजकमा नवराज सुवेदी, सदस्यहरू रमेश यादव र सुशीला श्रेष्ठ रहेको नेता इस्तियाक राईले जानकारी दिए । राईका अनुसार निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्नका लागि प्रकाश अधिकारीलाई तोक्ने निर्णय गरिएको छ ।

