जनकपुर : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन गरेको छ।

प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको सोमबार जनकपुरधामस्थित जनक चोकमा पुतला दहन गरेको हो।

अभियानले विधेयक फिर्ताको माग गर्दै मुख्यमन्त्री राउतको पुतला दहन गरेका हो। पुतला दहनको क्रममा प्रहरीसँग झडपसमेत भएको थियो।

अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए।

मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको विरोध जुलुस जनक चोकमा पुगेर कोणसभा गर्दै सम्पन्न भएको थियो। जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *