काठमाडौं : सरकारमा सहभागी हुने थप मन्त्रीहरुको नाम टुङ्गो लगाउन बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आजै नाम टुङ्गो लगाउन चाहिँ सकेन। बैठकले मन्त्रीको नाम टुङ्गो नलगाएको बारेमा माओवादी केन्द्रका
प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अहिलेसम्म माओवादीको भागमा कति र कुन–कुन मन्त्रालय पर्ने भन्ने बारे टुङ्गो लागेको छैन । त्यो निश्चित भएपछि मात्रै नामबारे छलफल गर्ने निर्णय बैठकले गरेको, प्रवक्ता श्रेष्ठले बताए ।

बुधबार बिहान सत्ता गठबन्धन दलका नेताहरुको बैठक बसी मन्त्रालय भागबण्डा बारे टुङ्ग्याउने निर्णय भएको छ । सो गठबन्धनको बैठकपछि भोलि माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेर आफ्नो दलबाट मन्त्रीको नाम टुङ्ग्याउने सहमति आजको बैठकमा भएको, प्रवक्ता श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार अब जसपाको विवाद समेत टुङ्गिएकाले सरकारलाई पूर्णता दिने कुरामा ढिला गर्न नहुने राय नेताहरुले स्थायी समिति बैठकमा राखेका थिए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *