बैतडी : सोमबार (आज) साँझ बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षति बारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

