logo

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्राविधिक कारण देखाएर यादव पक्षले पार्टी फुटाउन लागेको बताएका छन्। एकता गरेको एक वर्षमै पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्टमा यादव पक्षको बहुमत देखिएपछि बाहिरिने क्रममा महतोलेआफूहरु अल्पमतमा परे पनि केही फरक नपर्ने बताए। ‘यो ५१ जनाको मात्रै पार्टी होइन,’ उनले भने , ‘अव हामी जनता माझ जाने छौँ।’ जनतालाई न्याय दिन गरेको एकता प्राविधिक विभाजनमा पुग्नु दुर्भाग्य पूर्ण रहेको उनको भनाई छ।

निर्वाचन आयोगले सोमबार ’हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो। जसमा उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *