काठमाडौँ :  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहलाई दिएको छ । आज हेड काउन्ट गर्दा ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना यादवको पक्षमा देखिएपछि आयोगले यादव समूहलाई आधिकारिकता दिएको हो ।

आयोगले यो निर्णय गरेपछि महन्थ ठाकुर पक्षका सांसदहरूलाई फसाद परेको छ । किनकि ठाकुरले अर्को दल गठन गरेमा र ती सांसदहरु उक्त दलमा आबद्ध भएमा उनीहरुको सांसद पद स्वतः खारेज हुन्छ ।

कुनै सांसदले दल त्याग गरे उक्त पद नरहने सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले बताए । अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलबाट राजीनामा दिएमा, आफू संलग्न भएर नयाँ दल गठन गरेमा वा अर्को दलमा संलग्न भएमा दल त्याग गरेको मानिनेछ ।

निर्वाचन आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताको सुविधा दिए पनि उनीहरुसँग आबद्ध हुने सांसदहरुको पद सुरक्षित हुँदैन । ज्ञवालीका अनुसार सांसदहरुको पद सुरक्षित गर्न महन्थ ठाकुर पक्षले दलको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत हिस्सा पुर्‍याउनु पर्थ्यो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *