काठमडौं : आइतबार बसेको नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी समितिको बैठकमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल पनि सहभागी थिए ।

बैठकमा रावलले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका थिए । रावलको ब्रिफिङ सुनिसकेपछि वरिष्ठ नेता नेपाल अन्य कामका लागि भन्दै बाहिरिएका थिए । नेपालले सोमबार फेरि बैठक बसेर थप छलफल गरिने बताएका थिए ।

बैठकमा कार्यदलमा भएको १० बुँदे सहमतिका अलवा समूहको रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताइएको छ ।

एमालेभित्रको विवाद समाधानका लागि दाेस्राे तहका नेता निरन्तर छलफल र संवादमा छन् भने अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल भने एक–अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् ।

नेपाल समूहको बैठक आज फेरि बस्ने र थप छलफल गर्ने बताइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *