एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्।

ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए।

त्यसपछि ओलीले आइतबार अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ। पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊँ। देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्। एमाले परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो।’

एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा पनि सहभागी हुने गतिविधि अपराध भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर पारेको उनको भनाइ थियो। यो समाचार नागरिक दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *