राजेन्द्र बोहरा :
हिन्दी चलचित्र जगत् चम्किलो जीवनशैलीका लागि निकै प्रख्यात छ। त्यहाँ जाति र धर्मलाई बढी महत्त्व दिएको पाइँदैन। यसै सन्दर्भसँग जोडिएर यहाँ बलिउडका १० त्यस्ता प्रसिद्ध खानहरूको बारेमा बताइँदै छ, जसले हिन्दू केटीहरूसँग विवाह गरेका थिए ।

शाहरुख खान
शाहरुख खान र गौरीको प्रेम कथा सबैलाई थाहा छ। गौरीलाई पाउन शाहरुख खानले धेरै कसरत गर्नुपरेको थियो। यतिसम्म गरेका थिए, गौरीका अभिभावकलाई विवाहको लागि तयार पार्न शाहरुखले लगभग ५ बर्षसम्म हिन्दू भएको नाटक गरे। र उनी प्रयासमा सफल पनि भए।फलस्वरूप ,२५ अक्टोबर १९९१ मा शाहरुख र गौरीले बिहे गरे। उनीहरूका तीन बच्चा छन्। छोरीको नाम सुहाना खान हो र दुई छोराहरूको नाम आर्यन र अब्राम हो।
आमिर खान
मिस्टर परफेनिस्टका रूपमा प्रसिद्ध अमिर खानले एक होइन, दुई हिन्दू महिलासँग विवाह गरे । उनको पहिलो श्रीमती रीना दत्ता थिइन्। विवाहको १६ वर्षपछि २००२ मा आमिरले रीनासँग सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदको ३ वर्षपछि आमिरले किरण रावसँग विवाह गरे। किरणसँग पनि उनको हालसालै सम्बन्धविच्छेद भएको छ। अमिरको पहिलो श्रीमतीपट्टि दुई सन्तान छन्। जसको नाम इरा खान र जुनैद खान हो।किरणबाट एक छोरा जन्मिए जसको नाम आजाद राव खान हो।
अरबाज खान
सलमान खानको कान्छो भाइ अरबाज खानले बलिउड अभिनेत्री मलाइका अरोड़ासँग १२ डिसेम्बर १९९८ मा बिहे गरे। तर यिनीहरूको २०१६मा सम्बन्धविच्छेद भयो । अरबाज र मलाइकाको एउटा छोरो छ। जसको नाम अरहान हो।
सोहेल खान
सलमानका अर्का भाइ सोहेल खानको पनि सीमा सचदेवसँग विवाह भएको हो, जो एक हिन्दू परिवारकी हुन्। दुबैको विवाह आर्य समाज मन्दिरमा भएको थियो। यिनीहरूका निर्वाण र योहान नामका दुई छोरा छन्।
सैफ अली खान
सैफ अली खानले दुई हिन्दू महिलाका साथ विवाह गरे। उनकी पहिलो पत्नी अमृता सिंह थिइन्। सम्बन्धविच्छेदपछि उनले प्रसिद्ध अभिनेत्री करीना कपूरसँग विवाह गरे। सैफका छोरा इब्राहिम अली खान र छोरी सारा अली खान अमृताका साथ बस्छन्। सैफको करीनापट्टिबाट दुई छोरा छन्। जेठो छोराको नाम तैमूर अली खान हो। कान्छो छोराको नाम करीना-सैफले बताएका छैनन्।
इमरान खान
‘जाने तू या जाने ना से’, बॉलिवुडमा कदम चालेका अभिनेता आमिर खानका भतिजा इमरान खानले पनि एक हिन्दू केटी अवन्तिका मलिकसँग प्रेम विवाह गरेका थिए। तर केही वर्षपछि उनीहरूको सम्बन्ध बिग्रन थाल्यो। २०१९ देखि अवन्तिका र इमरान अलग-अलग बस्न थाले। यी दुईको इमारा मलिक खान नाम गरेकी एक छोरी छिन्।
इरफान खान
बलिउडमा आफ्नो अभिनयको छाप छोडेका दिवंगत अभिनेता इरफान खानले पनि प्रेम विवाह गरेका थिए। सन् १९९५मा उनले हिन्दु – सुतापा सिकन्दरसँग विवाह गरेका थिए। इरफानका सुतपासँग दुई छोरा छन्। जेठो छोराको नाम बिबल र कान्छो छोरा अयान हो।
फरदीन खान
एक पटक फिल्महरूमा आफ्नो प्यारो सानो मुस्कानका साथ करोडौं केटीहरूको हृदय जित्ने फरदीन खानले हिन्दू केटी नताशा माधवानीसँग विवाह गरेका थिए । नताशा माधवानी प्रसिद्ध अभिनेत्री मुमताजकी छोरी हुन्। उनीहरूका दुई छोरा, डायना र छोरा अजारियस छन्।
जायद खान
“फिल्म मेन हूं ना”मा लक्ष्मण भनेर चिनिएका जायद खानले २००५ मा उनको बाल्यकालको मित्र मलाइका पारेखसँग विवाह गरे,जो हिन्दू परिवारकी थिइन् । जायद र मलाइकाका दुई छोरा छन्। तिनीहरूका बच्चाहरूको नाम जीदान र एरिज हुन्।
फिल्म निर्देशक कबीर खान
फिल्म अभिनेता मात्र होइन ,निर्देशकको नाम पनि यस सूचीमा समावेश छ। फिल्म निर्देशक कबीर खानको मिनी माथुरसँग विवाह भएको थियो । जो हिन्दू परिवारकी हुन्। यी दम्पतीका दुई छोरीहरू छन्। तिनीहरूको नाम भिवान र सान्या हो।

