काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागिता जनाउनका लागि आग्रह गरेका छन् ।

शनिबार साँझ बालुवाटारमा बसेको पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले नेता नेपाललाई सरकारमा सहभागिता जनाउनका निम्ति आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीजीले माधवजीलाई सरकारमा आउनुस् भन्नुभयो । उहाँले पनि सकारात्मक छु सल्लाह गरेर निर्णय दिन्छु भन्नु भएको छ,’ बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारलाई अघि बढाउन गठबन्धनका सबैको सहयोग उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिएर जनताको काममा लाग्नु पर्ने बताएका थिए ।

प्रधानमन्त्री देउवा बैठकमा प्रस्तुत हुँदा प्रधानमन्त्रीका लागि राखिएको कुर्सीमा नबसी अन्य नेताहरु जस्तै समान हैसियतमा सोफामा बसेका थिए ।

बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्ने निणर्य गरेकामा धन्यवादसमेत दिएका थिए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूणर्बहादुर खड्का सहभागी थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *