काठमाडौं : नेकपा (एमाले) सांसद महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले शनिबार काठमाडौंमा र्याली निकालेको छ।

माइतीघर मण्डलबाट सुरु भएको र्याली बानेश्वर हुँदै बबरमहल पुग्ने योजना रहेको छ। त्यहाँ पुगेपछि कार्की ब्याङ्क्वेटमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रममा ओलीले युथ फोर्सको काठमाडौं उपत्यका कमान्ड घोषणा गर्ने बताइएको छ।
यसअघि सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरबाट मोटरसाइकल र्याली निकालिएको थियो।

