काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव- बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको बैठक बालकुमारीमा जारी रहेको छ । बैठकमा पाँचवटा एजेन्डामा छलफल हुने बताइएको छ।

स्रोतका अनुसार समसामयिक राजनीतिक विषय, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, पार्टीको प्रशिक्षण, सर्वोच्च अदालतमा महन्थ ठाकुरले दिएको मुद्दा र निर्वाचन आयोगमा जारी आधिकारिकता विवादलगायतका एजेण्डामा छलफल हुनेछ।

यसै गरी महन्थ ठाकुर पक्षले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीभित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमबारे उक्त बैठकमा छलफल हुने जनाइएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *