काठमाडौं : आज गुरुपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ।

गायत्री मन्त्र र वेद मन्त्र सुनाउने तथा शिक्षा-दीक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गर्दै गुरुपूर्णिमा मनाउने चलन रहेको छ ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ को प्रकाश भन्ने बुझिन्छ । ज्ञानको प्रकाशले अज्ञानको अन्धकारलाई नाश गराउने व्यक्तिलाई गुरु भनिने शास्त्रहरूमा उल्लेख गरिएको छ।
आज गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरिरहेका छन्।

