काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका
भीम रावलले राजीनामा फिर्ता लिने भएका छन्।

असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए।
एमाले वरिष्ठ नेता माधव नेपालले बिहीबार रावलनिवास टोखामै पुगेर राजीनामा फिर्ताका लागि विशेष आग्रह गरेका थिए। रावललाई राजीनामा फिर्ता लिन एमालेका अरू नेताहरूले पनि दबाब दिइरहेका थिए ।
यिनै आग्रहहरूपश्चात् रावलले बिहीबार राजीनामा फिर्ता लिने बताएका छन्।
राजीनामा फिर्ता लिने कुरा रावलले नेता नेपाललाई जानकारी गराएको स्रोतले जनाएको छ।

