gold

साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ सयले बढेको हो।

आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार पनि सुन सात सयले नै घटेको थियो। बिहीबार पनि ७ सयले नै घटेको थियो ।

गत हप्ता आइतबार सुन स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले बढ्दा बिहीबार ५ सयले बढेको थियो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार १ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २८० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *