चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।

बिहीबार निकुञ्जको धुधौरा क्षेत्रमा लगभफ २५–३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार दुईवटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेका छन्।
यससँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीनवटा भाले गैँडाको मृत्यु भएको छ ।

