साङ्केतिक चित्र
एजेन्सी :
इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रिक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।

बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् ।
बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा लिइसकिएको अधिकारीले जानकारी दिएका छन् । खोजी तथा उद्धार जारी रहेको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने उद्धारकर्ताले बताएका छन् ।

