काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार बिहान देशका धेरैजसो स्थानमा मौसम बदली रही वर्षा भइरहेको छ।
दिउँसो पनि वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

