काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका सन्दर्भमा शुक्रबार(आज) तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ।
कार्यक्रमको आयोजना पुष्पलाल मित्रता केन्द्रले गरेको हो।

दिउँसो साढे १२ बजे सुरु हुने उक्त कार्यक्रममा एउटै मञ्चबाट सातजना कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी, एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले सम्बोधन गर्दै छन्।
नेताहरुले “नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो” का विषयमा धारणा राख्ने बताइएको छ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने बोलाइएको छैन।

