काठमाडौं : एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नेता भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । बुधबार रावल निवास टोखामै पुगेर नेता नेपालले राजीनामा फिर्ता लिन आग्रह गरेको भेटवार्तमा सहभागी एक नेताले जानकारी दिए ।

“उहाँ (माधव नेपाल) ले पहिले केही नभनी राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो । राजीनामा फिर्ता लिएपछि अरू कुरा गरौँला भन्नुभएको छ,” ती नेताले भने ।

केही दिनअघि नेता रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसद पदबाट राजीनामा दिएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *