काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संविधानको धारा ७६ को (५)लाई संशोधन गर्न पहल गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

सर्वोच्च अदालतले २८ असारमा सुनाएको फैसलामा धारा ७६ को उपधारा (५) का सन्दर्भमा गरिएको व्याख्या निर्दलीयतालाई प्रश्रय दिने खालको भएकाले त्यसलाई संशोधन गर्नेसहितको प्रस्ताव पारित भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा ४ वटा ‘विशेष’ प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए। बैठकमा सर्वोच्चको असार २८ गतेको फैसला, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ४१ महिनाको समीक्षा, संसदमा प्रतिपक्षीको रूपमा पार्टी खेल्ने भूमिका र आन्तरिक विवादका सन्दर्भमा पेस भएका प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए।

बैठक बिहीबार(आज) ३ बजे पुन: बस्ने जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *