काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावललाई भेट्न रावल निवास टोखा पुगेका छन्।

आफूनिकट नेताहरुलाई बोलाएको बैठकमा रावल अनुपस्थित भएपछि नेपाल टोखा पुगेका हुन् ।

रावलले सांसद पदबाट राजीनामा दिएपछि उनी एमालेका दुवै पक्षसँग असहमति राख्दै आएका छन्।

एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलको नेपाल पक्षबाट संयोजकसमेत रहेका रावल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेका कारण आइतबार उनले संसद् पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *