maobadi

काठमाडौँ : माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन् ।

सरकारलाई प्रभावकारी रूपमा अगाडि बढाउन, मन्त्रिपरिषद् विस्तार गर्न र संगठनात्मक विषयमा निर्णय लिन बैठक बोलाइएको स्रोतले जनाएको छ।

आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट पठाउने नामबारे छलफलका लागि पनि दाहालले बैठक आह्वान गरेको कुरा बताइएको छ।

मन्त्रिपरिषद्लाई तत्काल विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना रहेको छ । तर, सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबन्डामा कुरा मिलिसकेको छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *