हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन्।शान्ति, स्थिरता र समृद्धिको जनताको आशाविपरीत धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश रहेको बताए।

बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे।

कांग्रेस कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस-कम्युनिष्टको विकल्प राप्रपा मात्र हुने बताए।

आन्तरिक विग्रह र संघर्षबाट कम्युनिष्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस कम्युनिष्टकै वैचारिक लाइनमा हिँडेकोले मुकुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको भनाइ थियो।महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाई निर्देशन दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *