काठ्माडौं : नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई कारबाही गर्ने विषयमा मङ्गलबार निर्णय गर्न सकेन ।

तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकले २२ सांसदमाथिको कारबाहीका विषयमा कुनै निर्णय नगरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको २४ घण्टा पूरा नभएको कारण कारबाहीबारे कुनै निर्णय नभएको ज्ञवालीले बताए । उनका अनुसार स्पष्टीकरण पत्र तयार रहेको र पत्र बुझेको २४ घण्टापछि मात्रै त्यसबारे निर्णय हुनेछ ।

