राष्ट्रिय युवा संघले काठमाडौ क्षेत्र नं ८ र ९ ले युथ फोर्स कमाण्डर घोषणा गरेको छ। क्षेत्र नं ८ बाट १९ र क्षेत्र नं ९ बाट २५ गरि ४४ जना कमाण्डर घोषणा भएको हो। घोषणा सभामा युथ फोर्स सेन्टर कमाण्डका कमान्डर क्षितिज थेवे को प्रमुख आतिथ्य र सेन्टर कमाण्डका सह कमान्डर पुष्प राज श्रेष्ठको विषेश आतिथ्यता मा सम्पन्न भएको थियो। थेवे र श्रेष्ठले कमान्डरहरुलाइ प्रशिक्षणात्मक भनाइ राख्नु भएको थियो।

संघका सचिव एवम् क्षेत्र नं ९ का उत्प्रेरक माहाराजा गुरुङ र संघका स्थायी कमिटी सदस्य क्षेत्र नं ८ का उत्प्रेरक मोदनाथ सिलवाल(सन्तोष) मार्फत कमाण्डरहरु घोषणा भएको हो। प्रत्येक कमान्ड मार्फत २०/२० जना गरी श्रावण ९ गते उपत्यका युथ फोर्स घोषणा सभामा ४४ जना कमान्डर मार्फत ८८० जना युवा हरु युथ फोर्समा आबद्ध हुने सचिव माहाराजा गुरुङले दावी गरे।
उक्त कार्यक्रममा संघका सचिवालय सदस्य र केन्द्रीय सदस्यहरुको उपस्थिति थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *