RAIN

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।

बुधबार बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ।बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *