साउन ६ गते । मालीका अन्तरिम राष्ट्रपति अस्सिमी गोइटामाथि चक्कू प्रहार गरिएको छ । दुई जना हतियारधारीब्यक्तिको समूहले राष्ट्रपति गोइटामाथि चक्कू प्रहार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

मालीको राजधानी बमाकोस्थित एक मस्जिदमा प्रार्थना गर्न पुग्नुभएका गोइटामाथि दुई हतियारधारीमध्ये एकले चक्कू प्रहार गरेका थिए । शरीरको कुन भागमा प्रहार गरिएको सम्बन्धमा भने खुलाइएको छैन् ।

एएफपीले घटना लगत्तै गोइटालाई सुरक्षाकर्मीले घटनास्थलबाट बाहिर लगेको बताइएको छ ।मालीको संस्कृति मन्त्री मामाडौ कोनले चक्कू प्रहार गरी हत्या गर्ने प्रयास भएपनि हतियारधारी ब्यक्ति पक्राउ परेको बताउनुभएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *