maobadi

काठमाडौं :नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीकाे बैठक बाेलाउने निर्णय गरेको छ।

बैठक आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार साउन १७ गते स्थायी कमिटी र साउन २० गते केन्द्रीय कमिटी बैठक बस्नेछ । साथै आजको बैठकले असंवैधानिक अलोकतान्त्रिक प्रवृति राेक्न पार्टी सफल भएको निष्कर्षसमेत निकालेकाे छ ।

त्यस्तै आजको बैठकले माओवादीका नेता नरबहादुर कर्मचार्यको स्मृति दिवस साउन ९ गते बिहान ९ बजे पेरिसडाँडामा मनाउने निर्णय गरेको छ ।

बुधबारकाे बैठकमा सरकारमा थप सदस्य पठाउनेबारे छलफल हुने भनिएको थियो। तर त्यससम्बन्धी छलफल नभएको प्रवक्ता श्रेष्ठको बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *