काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको छ ।

बैठकमा पार्टीको तर्फबाट सरकारमा पठाइने थप मन्त्रीहरूको नामको टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेका छन् । सरकारमा माओवादी केन्द्रले कम्तिमा ६ मन्त्रालय सम्हाल्ने बताइएको छ ।

सरकारमा सहभागिताको विषयमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मङ्गलबार बालुवाटारमा छलफल भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *