भारतका विभिन्न क्षेत्रमा बुधबार बिहान भूकम्प गएको छ । राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको बताइएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानको बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको गएको जनाएको छ । बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

त्यस्तै मेघालयको वेस्ट गारो हिल्समा राती २:१० बजे भूकम्प महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले मेघालयमा गएको भूकम्पको ४.१ रेक्टर स्केल मापन गरेको छ ।

लद्दाखमा चाहिँ बिहान सवा ५ बजेतिर भूकम्पको झट्का महसुस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ ।

भूकम्पको कारणले जनधनको क्षतिको बारेमा कुनै जानकारी आएको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *