ठाकुर निकटस्रोतका अनुसार उनले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए।

प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए। विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

