एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरअगाडि उनको पुतला दहन गरिएको छ ।

युवा संघका कार्यकर्ताले नेता नेपालको रौतहटको चन्द्रनिगाहपुरमा रहेको घरअगाडि मङ्गगलबार साँझ उनको पुतला दहन गरेका हुन् ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिई अन्तर्घात गरेको आरोपसहित युवा संघका कार्यकर्ताले नेता नेपालको पुतला दहन गरेका हुन्।
उनीहरुले नेता नेपाललाई रौतहट आउन नदिनेसमेत चेतावनी दिएका छन्।

