काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद् सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएकाे छैन । रावलले आइतबार सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका थिए ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको बताए । उनले भने,‘अहिले केही भएको छैन्, सभामुखलाई बुझाउनु भएको हो । सभामुखले सभामा घोषणा गरेमा वा सूचना टाँसेमा मात्रै त्यो ‘इफेक्टिभ’ हुन्छ । अहिलेसम्म त्यो विचाराधीन अवस्थामा छ।’

रावललाई एमालेभित्रैबाट राजीनामा फिर्ता लिन दबाब परेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको १०औं केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै सकिने भए फिर्ता गराउनुपर्ने बताएका थिए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *