एजेन्सी:
अफगानिस्तानको तालिबान विद्रोही समूहले काबुलस्थित राष्ट्रपति भवननजिकै मोर्टार आक्रमण गरेको छ।

मङ्गलबार अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै तालिबानले मोर्टार आक्रमण गरेको हो।
आक्रमण हुँदै गर्दा अफगानी राष्ट्रपति नमाज पढिरहेको बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपतिले नमाज पढिरहँदा भएको उक्त दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको थियो।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय हताहती नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर खसेको जानकारी दिएका छन्।
तालिबान विद्रोहीले भने आधिकारिक रूपमा हमलाको जिम्मा लिएको छैन।

