काठमाडाैँ : हिन्दू राष्ट्र कायम र राजतन्त्र पुनःस्थापनाकाे माग राख्दै राष्ट्रिय शक्ति नेपालको आयोजनामा काठमाडाैँमा प्रदर्शन गरिएकाे छ।

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहितको उपस्थितिमा प्रदर्शन सुरु भएकाे हाे।
प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका
प्रवक्ता अनिल याेगी, नेपाली कांग्रेसका नेता विपिन काेइरालासहित सहभागी थिए।
बाजागाजासहित सुरु भएकाे र्याली महेन्द्र शालिक हुँदै घण्टाघर,रत्नपार्क,भाेटाहिटी,असन, ईन्द्रचाेक हुँदै बसन्तपुर पुगेर काेण सभामा परिणत भएको थियो।
प्रदर्शनमा ‘राष्ट्रिय शक्ति नेपाल जिन्दावाद,
हिन्दू राज्य कायम गर ; हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्याराे छ ; मेचीकाली हल्ला छ,राजा ल्याउने सल्लाह छ; नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ जस्ता नारा लगाइएकाे थियाे।

