नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ साउनमा शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताए।

‘पार्टीको ह्वीप नमानी फ्लोरक्रर गर्ने एमाले सांसदहरुबाट पार्टीलाई धक भएको भन्दै किन त्यसो गर्नुभयो भनेर २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ’ उनले भने।फ्लोरक्रर अनुशासनहिन, पार्टी हिट विपरित, अनुचित र गलत काम भएको पार्टीले ठहर गरेको ज्ञवालीले बताए ।

आजको बैठक पार्टी जेठ ३ पछिको संरचनामा पुगेपछिको पहिलो बैठक हो। २ जेठमा पार्टीको नवौं बैठक बसेपछि आज १० औं बैठक बसेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियो।

बैठक भोलि बिहान ११ बजे सोहि स्थानमा बस्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *