पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन्।

तिव्रगतिमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्किँदा दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन्। घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ।

