काडमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षा हुने जनाइएको छ।

बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भने अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

