काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुपर्ने बताए।

अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएको बताए । तर त्यो आवश्यक नरहेको ओलीको भनाइ थियो ।

ओलीले भने, ‘अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनहोस् ।’

एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलको नेपाल पक्षबाट संयोजकसमेत रहेका रावल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेका कारण आइतबार उनले संसद् पदबाट राजीनामा दिएका थिए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *