काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रतिनिधिसभाबाट आइतबार राती विश्वासको मत पाएलगत्तै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।
उनले कार्यसफलताको कामना गर्दै देउवाको पालामा दुई देशका नागरिकबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । उनले सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि उल्लेख गरेका छन् ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए।तर प्रधानमन्त्री मोदीले भने बधाई दिएका थिएनन् ।
देउवाले संसदबाट विश्वासको मत पाएपछि मात्र मोदीले बधाई दिएका हुन् ।

